बसको ठक्करबाट देउसी खेल्न हिँडेका २ जनाको ज्या’न गयो,८ जना घा’इते

समाचार

हेटौंडा–मकवानपुरको हेटौंडा उप महानगरपालिका वडा नम्बर–१९ नेवार पानी नजिक बसको ठ’क्करबाट दुई जनाको ज्या’न ग’एको छ । आठ जना पैदल यात्रु घा’इते भएका छन् । बसको ठ’क्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरीको ज्या’न ग’एको प्रहरीले जनाएको छ ।

घा’इते आठ जना मध्ये पाँच जनाको चुरेहिल अस्पताल र अरू तीन जनाको चितवनमा उपचार गरी सात जना डिस्चार्ज भएका छन् । एक जनाको चितवनमा उपचार भइ रहेको छ । घटनापछि बसमा आ’गजनी भएको छ । आ’गो निभाउन पुगेको दमकल पनि स्थानीय बासिन्दाले तो’डफोड गर्न खोजेपछि प्रहरीले ला’ठीचार्ज गरेको छ ।

ला’ठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल घाइते भएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनु भयो । हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठ’क्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *