कोरिया जान चाहनुहुन्छ भने आयो अत्यन्तै खुसीको खबर।खुल्यो ईपीएस

समाचार

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने भएको छ । कोरोना महामारीका कारणदुई वर्ष देखि बन्द रहेको ईपीएस मङ्सिरदेखि खुल्ने भएको हो । यो सँगै ईपीएस मार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान सक्नेछन् । आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएस प्रक्रिया खुला गर्न दक्षिण कोरियाले अनुमति दिइसकेको बताइएको छ ।

दक्षिण कोरियाले ईपीएसमार्फत विभिन्न १६ राष्ट्रबाट कामदार लैजादै आएको छ।उक्त १६ वटै मुलुकमा यो प्रक्रिया संचालनमा आउने कोरियाको श्रम मन्त्रालयले जनाएको छ । यो प्रक्रिया नोभेम्बर अन्तिम हप्ताबाट सुरु हुने मन्त्रालयले जनाएको छ। हरेक वर्ष दक्षिण कोरियाले ५० हजार भन्दा बढी कामदार ईपीएस मार्फत लैजाने गरेको छ ।

हाल ईपीएस प्रक्रिया बन्द रहदा दक्षिण कोरियमा कामदारको अभाव सृजना भइरहेका छन्। को’रो ना भाइरस संक्रमणको दर घट्ने क्रममा रहेकाले ईंपीएस प्रकिया शुरु गर्न लागेको हो । कोरियामा ४० हजारभन्दा बढी नेपाली रहेका छन्। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत काम गर्न आएका कामदार ३५ हजार भन्दा बढी रहेका छन् भने अध्ययन, व्यवसाय र अन्य पेशामा भएका नेपालीको संख्या ५ हजारभन्दा बढी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *