लक्ष्मीपूजाको दिन दिदीभाई सवार स्कुटर दुर्घटना हुँदा भाईको निधन दिदी गम्भिर घाइते। अधुरै रह्यो भाईटिका लगाइदिने धोको

समाचार

सुर्खेतमा दिदी भाई सवार स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य एक जना घाइते भएका छन।नेपालगञ्ज–सुर्खेत सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ मा ठूलो व्युरेनीमा मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको हो।

भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ लाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक भेरीगंगा नगरपालिका–१२ छिन्चुका २६ वर्षीय रविन राना मगरको मृत्यु भएको छ।उनकी दिदी रानी राना मगर गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *