लाईसेन्स नभएकाहरुलाई आयोगले तत्कालै लाईसेन्स दिँदै,यस्तो व्यक्तिले दरखास्त दिन सक्ने

समाचार

लामो समयदेखि अध्यापन अनुमतिपत्र (लाईसेन्स) नखुल्दा शिक्षक नियुक्त गर्न समस्या भएको छ । सरकारले करारमा शिक्षक नियुक्त गर्ने तयारी गरेपनि लाईसेन्स नभएपछि समस्या देखिएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

जसका लागि शिक्षक सेवा आयोग नियमावली २०५७ ले सहजीकरण गर्ने भएको छ । नियमावलीमा दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गर्न अस्थायी अध्यापन अनुमतिपत्र (लाईसेन्स) दिन सक्ने व्यवस्था छ । सोहि व्यवस्था बमोजिम सरकारले करारमा शिक्षक नियुक्त गर्ने तयारी थालेको जानकारी न्यूज भण्डारले पाएको छ । यो व्यवस्था सँगै अब अस्थायी रुपमा अध्यापन अनुमतिपत्र लिन सकिनेछ ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आयोगको नियमावलीमा भनिएको छ, ‘विज्ञान, गणित वा अंग्रेजी विषयमा अध्यापन अनुमतिपत्र लिएको व्यक्ति उपलब्ध नभई दुर्गम क्षेत्रका विद्यालयमा त्यस्तो विषय पठन पाठन हुन नसक्ने भएमा आयोगले नियम ९ बमोजिमको तालीम नलिएको भए तापनि न्यूनतम शैक्षिक योग्यता पुगेका व्यक्तिहरूमध्येबाट अस्थायी अध्यापन अनुमतिपत्रको लागि दरखास्त आव्हान गर्न सक्नेछ ।’ भन्ने व्यवस्था गरेको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *