कुमारीकेटी भनी बिहे गरि ल्याएकि श्रीमतिको पहिले नै ८ जना पुरुषसंग बिवाह भैसकेको थाहा पाएपछि..

समाचार

एजेन्सी । एक जना महिलाले कति जना पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुईजनासँग । तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन् ।घटना सार्वजनिक भएपछि महिलाका आठौं पतिले प्रहरीमा मुद्दा द’र्ता गरे । प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो । तर कुरा मिलेन । महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन् ।

प्रहरीका अनुसार भारतको लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह गरेकी थिइन् । केही दिनपछि पती–पत्नीबीच ख’टप’ट भयो ।त्यसपछि महिलाले पतिसँगको नाता तो’डेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् । दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् ।

तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन । हरेक पटक महिलाको उनका पतिसँग मनमुटाव हुँदै आयो र उनले जतिपटक मनमुटाव भयो सम्बन्ध तो’ड्दै नयाँ पुरुषलाई आफ्नो जीवनसाथी बनाउँदै गइन्।

यो पनि:आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् ।

फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका–२ आनन्दी भन्ज्याङ्स्थित बालहित माविको एक कोठाको कुनामा बसेर अरु विद्यार्थी सरह नै उनी परीक्षामा सहभागी भएका हुन् ।बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षामा साधारण विद्यार्थी सरह नै याम भूइँमा बसेर अगाडि प्रश्नपत्र हेर्दै त्यसको उत्तर खुट्टाले लेख्छन् ।

एउटै कक्षा कोठाको अगाडि एक छेउमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको र परीक्षा समय तीन घण्टा तोकिएकोमा फरक क्षमता भएका यस्ता विद्यार्थीलाई आधा घण्टा समय थप दिने व्यवस्था गरिएको शिक्षक विष्णु थापा बताउँछन् ।उनका अनुसार यामसँगै यस विद्यालयबाट १८ विद्यार्थी परीक्षामा सम्मिलित छन् । शिक्षक थापा भन्छन्, “प्रश्न अस्पष्ट भए मात्रै इसाराले शिक्षकलाई बोलाउने, खुट्टैले सङ्केत गरेर प्रश्न देखाउने र अलि ढिलो लेखेपनि निर्धारित समयमै सबै प्रश्नको उत्तर उनी लेख्न भ्याउँछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *