‘पुलिसले यस्तरी समात्नुभयो मलाई हातमा पीडा भइरहेको थियो। त्यसपछि गालामा एक झापड हान्नु भयो। यसरी हान्नुभयो कि त्यस्तो झापड मैले जीवनमा कहिल्यै खाएको थिइनँ। कसैको अधिकार छैन यहाँ मलाई झापड हान्न।’

सेलिब्रिटी

भारतीय टिभी रियालिटी सो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ बाट चर्चा कमाएका डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीले बिनाकारण झापड हानेको बताएका छन्।सुशान्तले फेबसुक र इन्स्टाग्राममार्फत आइतबार राति ह्यालोविन पार्टीमा सहभागी भएको बेला प्रहरीले दुर्व्यवहार भएको बताएका हुन्।

सुशान्तका अनुसार उनी हिजो राति एलओडी र त्सयसपछि सेनेटमा गएका थिए। साथीहरुसँग रमाइलो गरिरहेका उनी अबेरसम्म बसे। प्रहरीले क्लब बन्द गराउन लाग्दा उनले आफूले प्रहरीसमक्ष बिल तिरेर निस्कने आग्रह गरे।‘तर त्यहाँनिर मिसअन्डरस्ट्यान्डिङ के भयो भने एउटा भाइले उहाँको बिल भइसक्यो भने। तर अर्को भाइसँग मेरो बिल बाँकी थियो। अनि त्यसपछि पुलिसले मेरो काँधमा समातेर घिसारेर बाहिर लानुभयो।’

‘तर त्यहाँनिर मिसअन्डरस्ट्यान्डिङ के भयो भने एउटा भाइले उहाँको बिल भइसक्यो भने। तर अर्को भाइसँग मेरो बिल बाँकी थियो। अनि त्यसपछि पुलिसले मेरो काँधमा समातेर घिसारेर बाहिर लानुभयो।’उनले साथीहरु र सिसिटिभी फुटेज प्रमाणका रुपमा रहेको दाबी गर्दै भने, ‘पुलिसले यस्तरी समात्नुभयो मलाई हातमा पीडा भइरहेको थियो। त्यसपछि गालामा एक झापड हान्नु भयो। यसरी हान्नुभयो कि त्यस्तो झापड मैले जीवनमा कहिल्यै खाएको थिइनँ। कसैको अधिकार छैन यहाँ मलाई झापड हान्न।’

उनले आफूलाई प्रहरीले ज्याकेट र मास्कसमेत लगाउन नदिई हाफ सर्टमै सोह्रखुट्टे प्रहरी चौकी लगेर एक घन्टा थुनेको बताए।देशका लागि मेहनत गरेर काम गरेको तर आज यस्तो दुर्व्यहार भोग्नुपर्दा चित्त दुखेको भन्दै भिडिओमा लाइभ आएका उनले आसुसमेत झारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *