सरकारले बाँड्न थाल्यो सित्तैमा जमीन र भत्ता।

बिश्व समाचार

संसारका अधिकांश विकासशील तथा कम विकशित देशहरुका लागि जनसंख्या वृद्धि समस्याको रुपमा रहेको छ । त्यसैले त्यस्ता देशका सरकारहरुले जनसंख्या वृद्धि नियन्त्रणका लागि विभिन्न खालका नीति नियम तथा कानूनहरु लागू गर्ने गरिरहेका छन् ।तर संसारमा कतिपय यस्ता देशहरु पनि छन् जहाँ जनसंख्या बढाउनका लागि सरकारले जनतालाई विभिन्न खालका प्रलोभनहरु देखाउनु परिरहेको छ ।

हालै अष्ट्रेलियाको क्विल्पी सहरले एउटा अनौठो खालको नीति सार्वजनिक गर्‍यो । जनसंख्या निकै कम भएको उक्त सहरको प्रशासनले सहरको जनसंख्या बढाउनका लागि सित्तैमा जग्गा बाँड्ने योजना अगाडि सारेको छ ।हाल सहरको जनसंख्या जम्मा ८ सय मात्र छ। न्यून जनसंख्या सहरको अस्तित्वका लागि समेत चुनौती बनिरहेको छ । त्यसैले नगर प्रशासनले जनसंख्या बढाउन नयाँ उपाय खोजेको हो ।

उक्त सहरमा गएर घर बनाएर बसोबास गर्न चाहने अष्ट्रेलियन नागरिकलाई सित्तैमा जग्गा मात्र होइन भत्ता पनि दिने स्थानीय प्रशासनको भनाइ छ ।सित्तैमा जग्गा र भत्ता दिने योजना अगाडि सारे पनि यो सफल हुनेमा स्थानीय नगर प्रशासनलाई आशंका थियो । तर सो योजनाले अप्रत्याशित रुपमा आकर्षण गराएको छ ।

हालसम्म अढाइ सयभन्दा धेरै मानिसले नगर प्रशासन समक्ष उक्त योजनाका विषयमा चासो व्यक्त गर्दै आवेदन दिएका छन् ।उक्त योजना केवल अष्ट्रेलियन नागरिकका लागि मात्र भएता पनि त्‍यहाँ बस्‍दै आएका मानिसहरुलाई थाहा नुहँदा कतिपय भारत, बेलायत, हङ्गकङ्ग तथा न्यूजिल्याण्डबाट समेत मानिसहरुले सोधपुछ गरिरहेको त्यस नगरका अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *