ह्वात्तै बढ्यो छड र सिमेन्टको मूल्य,किन्नै नसकिने भयो!कति?

समाचार

काठमाडौँ । निर्माण सामग्री मध्ये सबैभन्दा मुख्य मानिने गरेको छड र सिमेन्टको मूल्य अस्वभाविक रुपमा बढेको छ । अहिले छड र सिमेन्टको मूल्य २० प्रतिशतसम्म बढ्ने निर्माण व्यवसायी सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘भारतमा कोइलाको मूल्य २० देखि २५ प्रतिशतसम्म बढेको छ, अफ्रिकाले उत्पादन तथा निर्यात बन्द गरेको छ,’ उनले भने, ‘अन्तराष्ट्रिय बजारमा कोइलाको कोइलाको मूख्य निर्यातकर्ता देश दक्षिण अफ्रिकालेले कोइलाको निर्यात रोक्दा मूल्यमा चाप परेको छ।’

उनका अनुसार गत वर्ष यो बेलामा १२ देखि १४ रुपैयाँ प्रतिकिलोमा कोइला प्राप्त हुने गरेकोमा अहिले ३० देखि ३४ रुपैयाँसम्म पुगिसकेको उनले बताए । अन्तर्राष्ट्रि बजारबाट कोइला आइपुग्दा कोलकाता बन्दरगाहसम्म ५० देखि ५५ डलर रहेकोमा अहिले २ सय ६० डलरसम्म पुगेको छ । यसले कोइलाको मूल्यमा ५ गुणासम्म बढेको हो ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘सिमेन्ट बनाउन कोइला नभई हुँदैन,’ उनले भने, ‘डन्डी उत्पादनका लागि पनि कोइला आवश्यक छ ।’खास गरी सिमेन्ट उद्योगहरुले क्लिङ्कर बनाउन कच्चा सामग्रीको रुपमा कोइलाको प्रयोग गर्ने गरेको छन् । तर, कोइला अन्तर्राष्ट्रिय बजारमै अभाव भएकोले मूल्य बढेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

डन्डीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमै दोब्बर हुन लागेको उनले बताए । भारतलगायत अन्तर्राष्ट्रिय बजारमा डन्डि उत्पादनका लागि आवश्यक स्पन्ज आइरन तथा विलेटको भाउ दोब्बर हुन लागिसकेको उनले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *