यी हुन् कुखुरा मा’र्न आएकाे चितुवाको गर्धन समातेर नियन्त्रणमा लिने बागलुङे ठिटो(भिडियो हेर्नुहोस)

समाचार

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका– ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये कोही खा’यो, कोहीलाई मा’र्यो ।

कुखुरा न’ष्ट गरेपछि स्थानीयले चितुवालाई समातेर वनमा छाडेका छन् ।खोरको जाली च्यातेर भित्र छि’रेको चितुवा विहान अबेरसम्म पनि बाहिर नगएपछि स्थानीयले सवडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोरभित्रै रह्यो ।

खोर अगाडिको फाँटका बारीमा अग्ला पाक्दैगरेको कोदो छ । खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठ’टाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लागेको थियो ।

बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै जाँदैगर्दा चितुवा फेरि फर्कियो, स्थानीयको अगुवाईमा बडिगाड गाउँपालिका– ८ निवासी राजन पाईजा हुनुहुन्थ्यो ।चितुवा फर्केर मान्छेतिर आएपछि राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाईजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समात्नभयो ।

चितुवाले आ,’क्रमण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल हुनु भएपछि नजिकमा भएका सबैले चितुवालाई समाते ।चितुवा नियन्त्रणमा लिनेबेला पाईजाको खुट्टामा सामान्य चो’ट लागेकाे छ । पछिल्लो खुट्टाको भागले को’तर्न भ्याए पनि अन्य कुनै ठाउँमा चोट नलागेको पाइजाले बताउनुभयो ।

‘भाग्यले ठूलो क्षति हुन पाएन’ उहाँले भन्नुभयो– ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ ग’र्घनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाईजाको भनाई छ ।‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झ’म्टन्थ्यो’ उहाँले भन्नुभयो– ‘समातेर ल’डाएपछि सबैजना आएर क’क्र्रक्कै बनायौँ ।नियन्त्रणमा लिए पछि चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छो’डेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *