मंसिर १ गतेदेखि बिजुली निःशुल्क!

समाचार

सरकारले आगामी मंसिरदेखि केही ग्राहकहरुको महशुुल निःशुल्क गर्ने निर्णय गरेको छ । सरकारले मासिक २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकहरुको महशुुल निःशुल्क गर्ने निर्णय गरेको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले यस्तो बताएकी हुन् । मन्त्री भुसालले सरकारले बिजुलीका गाहस्र्थ उपभोक्ता र कृषि सिँचाईमा पनि घटाइएको शुल्क लागू गरिने बताएकी छिन्। राजधानीमा आयोजित विद्युतीय सवारी साधन सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले विद्युतीय यातायातलाई सरकारले बढावा दिने उल्लेख गरिन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले भनिन्,‘अब काठमाडौं उपत्यकाका सरकारी कार्यालय र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको छ ।’उनले आन्तरिक खपतको लागि आवश्यक जलविद्युतको उत्पादन हुन थालेको बताउँदै आगामी दिनमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामाग्रीको प्रयोग बढाउने तयारी सरकारले गरिरहेको जानकारी पनि दिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *