पाकिस्तानमा एक विमानभित्र जोडीको रोमान्स र चुम्बनले निकै विवाद पैदा भएको छ । यो घटना कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा पाँच दिन अघि घटित घटेको घटना हो ।ट्रिब्यूनको रिपोर्ट अनुसार प्रत्यक्षदर्शी यात्रीले विमानको चौथो पंक्तिमा बसेको एक जोडी अचानक चुम्बन गर्न थालेपछि अन्य यात्री असहज भएको दाबी गरेका छन् ।
यी यात्रीले यसबारे विमानका क्याबिन क्रुलाई जानकारी दिए । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरिन् तर जोडीले उनको कुराप्रति चासो दिएनन् र पुनः चुम्बन गर्न थाले । त्यसपछि ती एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।
ट्रिब्यूनको रिपोर्ट अनुसार जब यो मामिलामा केही यात्रीले यो जोडीलाई सार्वजनिक स्थलमा शालीनता अपनाउन भने तब उनीहरुले ‘हामीलाई यस्तो भन्ने तिमीहरु को हौ ?’ भनेर सोधे ।यो विमानमा वकिल विलाल फारुक अल्वी पनि उपस्थित थिए । उनी यो मामिलामा केबिन क्रुले एक्सन नलिएकोमा रिसाएका छन् र उनले यो मामिलामा एयरलाइनका कर्मचारी र जोडीविरुद्ध सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् । सिभिल एभिएसनले यो विषयमा अनुसन्धान गरिरहेको छ । सांकेतिक तस्बिर