अचानक कहाँबाट आइपुगे ११ जना अफगानिस्तानका नागरिक काठमाडौंमा?प्रहरीले गर्यो पक्राउ

समाचार

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छा’पा हा’ने’र नियन्त्रणमा लिएको हो ।उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भि’त्रिएका थिए । काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ ।

ता’लिबा’नले अफगानिस्तानको सत्ता क ‘ब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ । अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताएका छन् ।पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत ब’राम’द भएको सिआईबीले जनाएको छ । ब’राम’द भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *