एकै पटक परिवारका २१ जना गु’माएर एक्लिनुको पीडा!

समाचार

दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो। उठेर बाहिर आउँदा घरवरिपरि खोला जत्रै पानीको भल बगिरहेको थियो। गाउँको पुछारमा बग्ने डिक्ली गाडखोला चर्को आवाजले गडगडाइरहेको थियो ।बझाङको थलारा गाउँपालिका–४, डिक्ला गाउँको पूर्वी कुनामा बस्ने पार्की आत्तिए । उनको घरभन्दा करिब १ किलोमिटर माथि ढोगदिना डाँडामा गत वर्ष नै सानो पहिरो सुरु भएको थियो ।

ढोग दिनाको पहिरो फुट्यो भने घर रहँदैन भन्ने डर उनमा थियो । ‘मान्छे त जोगाउनु पर्‍यो भनेर आमा, श्रीमती र केटा केटीलाई ब्युँझाँए । झरीमै हामी सबै छिमेकी गगने सार्कीको घर गयौं,’ ५५ वर्षीय पार्कीले सुनाए । करिब सय मिटर दूरीमा रहेको पार्कीको घरमा (जहाँ १८ जना थिए) जहान परिवार पुर्‍याएपछि अब त सुरक्षित भइयो भनेर ढुक्क भएका उनले एक्का\सि सम्झे– पहिरोले घर नै बगायो भने के खाने ?

गगनेका छोरा कलकलाई लिएर घर फर्के अनि एकएक बोरा धान उठाए । ‘आमाको औषधि र केटाकेटीको ओढ्ने लुगा पोको पारेर फर्किन के लागेका थियौं, एक्कासि ठूलो आवाज सहित पहिरो फुट्यो,’ पार्कीले भने, ‘कुहिरो र झरीको अँध्यारोमा पहिरो झर्दा खसेका ढुंगा आपसमा ठो’क्किएर आगोका झि’ल्का उठ्न थाले । हामी दुवै भागेर पर पुग्यौं ।’

करिब २० मिनेटसम्म गड्याङगुडुङ आवाज सहित पहिरो खसिरह्यो । ढुंगा ख’स्न रोकिएपछि कलक र नरे घर नजिक आए । नरेको घर केही भएको रहेन छ । जुन घर सुरक्षित भनेर केही बेर अगाडि परिवार छाडेर आएका थिए, त्यो घर र वरिपरिका अरू ६ घरको नामोनिसान थिएन । उज्याले हुन्जेलसम्म आधा गाउँ नै बगर बनिसकेको थियो । कलकका परिवारका १८ र नरेका ५ गरी २३ जना बसेको घरलाई बीचमा पारेर १ किलोमिटर जति पहिरो फै’लिएको थियो ।

बुधबार दिउँसो मात्रै केही सम्हालिएका नरे अब एक्लो भएका छन् । जीवनको उत्तरार्द्धमा एकै पटक सबै परिवार गु’माएर एक्लिनुको पी’डा त उनको मनमा छँदै छ,बिहानै सपरिवार गगनेको घरमा नपुर्‍याएको भए कसैलाई केही नहुने रहेछ भन्ने पछुतोले उनलाई झन् विक्षि’प्त बनाउने गरेको छ । ‘आफ्नै घरमा राखेको भए केही नहुने रहेछ,’ उनले रुँदै भने, ‘उता सुरक्षित होला भनेर पुर्‍याएँ, मार्न पठाए जस्तो भयो ।’

आमा, श्रीमती, चार छोराछोरी, भाइ, भाइबुहारी र भतिजाभतिजी गरी १७ जना परिवारका सदस्य गु’माएका कलक सार्कीको अवस्था झन् पी’डादायी छ ।छिनछिनमा बेहो’स हुने उनका आँखा रुँदारुँदा राता भइसकेका छन् । ‘जे हुनु भइहाल्यो भनेर मन बुझा उने प्रयास गर्छु,’ उनले भने, ‘यस्तै देख्नका लागि म मात्रै किन बाँचे हुँला जस्तो लाग्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *