महिलाले साँझ परेपछि कहिल्यै नगर्नु यी काम:अनिष्ट हुन्छ!

समाज

महिला घरकी लक्ष्मी हुन् ,उनले गर्ने काम उनको पवित्र आचरण संस्कार र आदर्शले घर स्वर्ग बन्छ एउटा घर सफल बनाउन ८० प्रतिशत भूमिका महिलाको हुन्छ अझ कामकाजी महिलाको लागि घर, अफिस, बलाबच्चा, आफ्नो लागि समय व्यवस्थापन गर्नु निकै अप्ठेरो मामिला हो नेपाली समाजमा महिलालाई घरको लक्ष्मी मानेर विभिन्न स्वरुपमा पुजा गरिन्छ त्यसैले विवाहपछि महिला जसको घर जान्छिन् त्यस घरको भाग्य र सफलता उनीसँग जोडेर हेरिन्छ त्यसैले धर्मशास्त्रमा महिलाहरुले केहि काम गर्नु हुँदैन भनेर समेत उल्लेख गरिएको छ ।

महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन कतिपय महिलाहरुको बानी हुन्छ कि रातको समयमा कपाल खोलेर सुत्ने तर यस्तो गर्नुलाई शास्त्र अनुसार गलत मान्ने गरिन्छ तर कसीलो गरेर बाँध्नुपर्छ भन्ने होईन केहि हलुका खुकुलो गरी अल्झाउनुहोस् तर असरल्ल झाँक्रो फिँजाएर सुत्दा तपाईमा नकारात्मक उर्जा उत्पन्न हुन्छ सुर्यास्त पछि कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन रातमा झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन ।

घरमा झगडाको स्थिती निम्त्याउनु हुँदैन आपसी समझदारीमा सरसल्लाहमा टुंगो लाग्ने विषय ठूलो बनाउनु हुँदैन राती सुत्नुअघि भान्छामा अंखरा /करुवामा पानी भरेर राख्नुपर्छ यसले घरमा सुख–समृद्धिको बास गराउँछ खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ ।

राती घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ हरेक साँझ पूजा घर वा देव स्थानमा दियो बालेर प्रसन्न मुद्रामा बत्ति बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ साँझमा कुचो लगाउनु हुँदैन रातमा सुत्नुअघि घरभित्र रहेको कुचो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ यसले धन लाभ हुन्छ भन्ने विश्वास छ । हिन्दु धर्मका अनुसार घरमा राखिएको कुचोमा पनि लक्ष्मीको वास रहेको हुन्छ।

पानीको गिलास या बोतल आफ्नो शिरमाथि राखेर सुत्नु हुँदैन दायाँ बाया राख्नु ठिक हुन्छ पतिपत्नीको सम्बन्ध राम्रो बनाउन सयन कोठामा कपूर बाल्नुपर्छ घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राखि बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ ।

रातिको समयमा सडक चौबाटोमा हिँड्नुहुँदैन यस्तै रातिको समयमा मशान घाटमा नकारात्मक उर्जा सक्रिय हुने हुँदा तपाईको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्न सक्छ त्यो काम नगर्नु राम्रो हुन्छ रातिका समयमा खराब आचरण भएका मान्छेसँग भेट्नु हुँदैन ।

सुत्नुभन्दा पहिला आफ्नो गोडा धोईआफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पारेर सुत्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन घरमा भएका आमा बुबाको उच्च सम्मान गर्नुपर्छ घरमा रहेका बालबालिका बृद्धा र अशक्तता सुतिसकेपछि मात्र सुत्नु राम्रो मानिन्छ ।

समुन्द्रशास्त्र अनुसार जुन महिलाको हात लामो भएकी, खुट्टा लामो भएकी, टाउको ठूलो भएका महिलाहरुलाई भाग्यशाली मानिन्छ जुन महिलाको कान लामो हुन्छ, निधारमा कोठी हुन्छ, नाइटो गहिरो हुन्छ त्यस्ता महिला निकै भागयशाली हुन्छन् ।

घरमा सुख, शान्ति छाओस् भनेर हामी घरमा भगवानको पुजा,अराधना गर्छौं शान्ति, शक्ति र मुक्तिका लागि हामी विभिन्न शक्ति पीठहरुमा धाउने र भगवानको दर्शन गर्ने गर्छौँ र आशिर्वाद पनि लिन्छौँ । भगवानको कृपाले हाम्रो मनोकांक्षा पुर्ण हुने विश्वास राख्छौं त्यसैले हामीले घरमा पनि विहान बेलुकी पुजा आरधाना गर्छौं । हरेक पुजाको सुरुवात गणेश भगवानबाट वा कुल देवताबाट गरिन्छ । हामीले घरमा पुजा, आरती गर्दा त्रुटी भयो भने फल प्रप्त हुँदैन कुनै-कुनै देवी देवताको फोटो र मूर्तिहरु पनि घरमा राख्नु अशुभ मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *