कुर्कुच्चा फुटेर हैरान हुनुहुन्छ भने यस्तो छ समाधान गर्ने उपायहरु

स्वास्थ्य

कुर्कुच्चा फुटेर हैरान हुनुहुन्छ भने यस्तो छ समाधान गर्ने उपायहरु । जाडो मौसममा अधिकांश मानिसको कुर्कुच्चा फुट्ने समस्या हुन्छ । कतिपयले कुर्कुच्चा फुट्यो भन्दै ढुंगामा रगेड्ने वा पानीमा भिजाएर धारिलो बस्तुले निकाल्ने पनि गरेको पाइन्छ ।कुर्कुच्चा फुटेमा यसो गर्नु समाधानको राम्रो उपाय होइन । बरु यस्तो गर्दा छालामा थप असर पुग्न जान्छ ।बपैतालामा तैलीय ग्रन्थी हुँदैन । त्यसैले जाडो याममा तिनलाई मुलायम बनाउन कुनै क्रिमले नियमित मसाज गर्नुपर्छ । हरेक रात पहिले खुट्टालाई राम्ररी सफा गर्ने र कुनै पनि फुट क्रिम लगाउने र कटनको कपडाले राम्ररी पुच्छने ।

पाकेको केरामा जैतुनको तेल मिसाएर फुटेका कुर्कुच्चमा लगाउने । त्यसलाई १० देखि १५ मिनेटसम्म राख्ने । त्यसपछि धुने । सातामा एकपटक सुत्नुअघि मनतातो पानीमा कागतीको रस समसाउने र पन्ध्र मिनेटसम्म त्यसमा खुट्टा डुबाउने ।त्यसपछि कुनै क्रिम लगाउने । दिनुहँ खुट्टा धोएपछि ग्लिसरिन र गुलाब जलको मिश्रण खुट्टा रक कुर्कुच्चमा लगाउने ।

काेराेना भाईरस (काे-भिड–१९)बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *