पेशाले ड्राइभर यि पुरुषको हर्कत!२२ महिनाकी शिशुलाई पनि छोडेन।सरकार के हेरेर बसेछ?

समाचार

काठमाडौं, कात्तिक ६ – पोखराबाट नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–११ फुलबारीस्थित घरमा २२ महिने शिशुलाई गत असोज ३० गते करणी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन् ।प्रहरीले पक्राउ पर्ने पुरुषको परिचय भने खुलाएको छैन । पक्राउ पर्ने पुरुष पेसाले ड्राइभर हुन् । वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरि कानुनी कारवाही अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रम गोली लागेर मगुमा एक बालकको ज्यान गएको छ।खप्तड गाउँपालिकाका अन्दाजी १० वर्षीय बालक विकाश रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए।

शुक्रबार दिउँसो करिब पाँच बजेतिर विकाश दुई जना साथीहरुसँग खेल्दै परे रावलको घरमा पुगेका थिए। रावलको घरमा रहेको बन्दुक एक अर्काले खोसाखोस गर्दा गोली चलेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट सइको नेतृत्वमा ९ जना प्रहरीको टोली त्यसतर्फ लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *