पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आ’गला’गी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।‘बसको अधिकांश भाग ज’लेको छ। मानवीय क्षति भने भएको छैन,’ उनले भने,‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि ज’लेका छन्।’छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु
सकुशल रहेको र बसमा रहेको सामान भने ज’लेर न’ष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आ’गो नियन्त्रणमा लिइएका थिए ।