कति पुग्यो विदेशी मुद्राको भाउ?कतारी रियालको भाउ उकालो लाग्यो,यस्तो छ आजको दर

अर्थ व्यापार

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि २० विदेशी मुद्राको दरभाउ तोकेको छ। यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ५३ पैसा र बिक्री दर १२० रुपैयाँ १३ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिद दर १३९ रुपैयाँ १३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८३ पैसा रहेको छ। पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ९४ पैसा र बिक्री दर १६५ रुपैयाँ ७७ पैसा रहेको छ।

यस्तै कतारी रियालको भाउ अधिकतम् ३३ रुपैयाँ नजिक पुगेको छ । बैंकका अनुसार आज एक कतारी रियाल खरिदका लागि नेपाली ३२ रुपैयाँ ८३ पैसा खर्चिनु पर्छ । यस्तै, साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको बैंकले जनाएको छ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ६७ पैसा र विक्रीदर ९० रुपैयाँ १२ पैसा रहेको छ । यस्तै क्यानेडी डलरको बिनिमयदर आज ९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा रहेको छ भने सिंगापुरे डलर एकको खरिदर ८८ रुपैयाँ ७६ पैसा र विक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैकले जनाएको छ।

यता जापानी यन आज १० खरिददर नेपाली १० रुपैयाँ ५० पैसा र विक्रीदर १० रुपैयाँ ५५ पैसा रहेको छ भने चिनियाँ युआन आज एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र विक्रीदर १८ रुपैयाँ ८१ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *