भखरै सुर्खेतमा ब’म वि’स्फोट, दिदीभाइ घाइते, कस्तो छ अहिले त्यहाँ को अवस्था?

समाचार

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा ब’म वि’स्फो’ट भ’एको छ । प्रहरीका अनुसार विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम वि’स्फो’ट भ’ए’को हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार विस्फोटमा परी घाँस का’ट्न गएका दुई जना घाइते भएका हुन् ।

डिएसपी घर्तीका अनुसार घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।‘समुदायिक वन खुलेको रैछ, आज बिहान १० बजेर ४५ मिनेटमा एक्कासी बेवारिसे ब’म बि’स्फोट भएछ । ब’म कस्ले राख्यो, कसरी बि’स्पो’ट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।]

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *