भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप,युद्धको तयारी?

समाचार

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन भनेका थिए । चीनले अरुणाचललाई दक्षिण तिब्बत भन्दै आफ्नो भूभाग बताउने गरेको छ ।भारतीय सेनाका पूर्वी सेक्टर कमान्डर लेफ्टिनेन्ट जनरल मनोज पाण्डेले अरुणाचल प्रदेश नजिक चीनले आफ्नो भूभागमा सैन्य अभ्यास बढाएको बताए ।

चीनको सैन्य गतिविधि बढेपछि भारतले बुधवार अरुणाचल सीमामा बोफोर्स तोपहरू तैनाथ गरेको छ । बोफोर्स तोप पहाडका विकट इलाकामा पनि तैनाथ गर्न सकिन्छ ।यसमा अक्जिलरी पावर युनिट हुन्छ जसको सहायताले यो एक पोइन्टबाट अर्को पोइन्टसम्म आफ्नै इन्जिनको सहायताले जान्छ । यसले भिन्न भिन्न किसिमका इम्युनिसन फायर गर्न सक्छ ।

अरुणाचल प्रदेशको तवाङमा सेप्टेम्बर महिनामा चिनियाँ र भारतीय सेनाका जवानबीच झडप भएको थियो । अरुणाचल प्रदेशमा वास्तविक नियन्त्रण रेखा पार गरेर २०० जना चिनियाँ सैनिकहरू भारतीय भूमिमा प्रवेश गरेको र भारतीयहरूले उनीहरूलाई धपाएको खबर आएको थियो ।गत जनवरी महिनामा केही मिडिया रिपोर्टमा चीनले अरुणाचल सीमा नजिक साढे चार किलोमिटर क्षेत्रमा एउटा गाउँ बनाएको उल्लेख थियो । त्यहाँ १०० भन्दा बढी घर छन् । यो गाउँ सुबनसिरी जिल्लाको सारी चु नदीको किनारमा छ । यो वास्तविक नियन्त्रण रेखासँग जोडिएको क्षेत्र हो ।

वायुसेनाको क्षेत्रमा आधुनिक जोखिमबाट बच्नका लागि भारतले वास्तविक नियन्त्रण रेखामा एयर डिफेन्स गन पनि तैनाथ गरेको छ । यसले ड्रोनदेखि अट्याक हेलिकप्टरसम्म कुनै पनि किसिमको खतरालाई रोक्न सक्छ ।त्यसबाहेक एम–७७७ गन पनि तैनाथ गरिएको छ । यसले ३० किलोमिटरसम्मको तारोलाई ध्वस्त पार्न सक्छ । यो हलुका हुनाले सजिलै एक ठाउँबाट अर्को ठाउँमा लग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *