उनी हुन् पाँच भाईकी एक्ली पत्नी,जन्मिएको छोरा कोबाट भयो पत्ता लगाउने विधि कस्तो?

समाचार

काठमाडौ। उनको नाम हो राजो वर्मा । उनी पाँच भाइहरुकी एक्ली पत्नी हुन्। (Cultures Where Women Marry More Than One Husband Simultaneously) उनीहरुको यो ठूलो परिवार उत्तरी भारतको देहरादूनस्थित सानो शहर मा बस्छन् ।अहिले उनीहरुले एक छोरापनि हुर्काउँदै छन् । उनीहरु कसैलाईपनी थाहा छैन जन्मिएको बच्चा कुन चै भाईबाट जन्मिएको हो ।

यसैले सबैको साझा छोरोको रुपमा शिशुले घरमा राज गरिरहेको छ । यो वास्तविकता यो युगका लागि निक्कै नौलो लाग्न सक्छ ।तर अहिलेपनि नेपालको हिमाली जिल्ला हुम्ला लगायत उपल्लो मुस्ताङ्ग, चीनको तिब्बत, उत्तर र दक्षिण अमेरिकाको केही आदिवासी क्षेत्र र अफ्रिकामा समेत अझै यो प्रथा कायम नै छ।

यसैले हो हामी यही युगको कुरा गरिरहेका छौ । त्योपनि नेपालको छिमेकी देश भारतकोपनि छिमेकी जिल्लाको कुरा गरेका हौ ।भर्खरको अध्ययनले देखाएको छ कि तिब्बत, नेपाल, चीन र भारतबाट लगभग ५० समाजहरु यस प्रकारको सम्बन्ध अझै अभ्यास गर्दछन्।हिन्दु ग्रन्थ महाभारतमा पाँच पाण्डवले द्रौपदीसँग विवाह गरेको धेरैलाई थाहा छ । यो तर सत्ययुगकोपनि कहानी हो ।

तर वास्तविक जीवनमा नै यी अभ्यास भएका छन् । यो हुनुमा हिमाली माथिल्लो भेगमा बाक्लो बस्ति नहुँनु । प्रसस्त धन दौलत नभएका कारण संयुक्त परिवारमा नै सबै बस्छन् । यसैले सम्पत्ति बाँडीचुडी नगर्नका लागि यो अभ्यास गरिएको हो यो अहिलेपनि कायम नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *