प्रेमीकासँग होटल गएका सलमानको मृत्यु,कारण खुल्दा प्रहरी नै झस्कियो।

समाचार

काठमाडौं । प्रेमी प्रेमीकाहरु आफूहरुबीचका सामाजिक घेरालाई तोड्न होटलमा जाने गर्छन् । त्यहाँ के हुन्छ सबैले अनुमान लगाउन सकिन्छ ।त्यही घेरा तोडिएको क्षणमा सबैलाई डरपनि हुन्छ की कतै बच्चा जन्मिने पो हो की । विवाह नगरी बच्चा जन्माउने कल्पना गर्न सकिन्न । यसैले बच्चा जन्मन नियन्त्रण गर्ने उपाय सबैले खोज्छन् ।

तर एउटा घटना अनौठो भयो । सलमान आफ्नी प्रेमीकासँग होटल गए । उनले बच्चा नियन्त्रकको अनौठो उपाय सोचे । जन्म नियन्त्रक प्रयोग गर्न नजान्दा उनले ज्यान गुमाएको अनौठो घटना बाहिर आएको छ ।गुजरातमा एक पुरुषले बजारमा पाइने जन्म नियन्त्रकको सट्टा वाटरप्रूफ सुपर ग्लुको प्रयोग गरेर, त्यसपछि उनको मृत्यु भयो ।

अहमदाबादको फतेवाडी निवासी सलमान मिर्जाले आफ्नी प्रेमीकासँग होटलमा सामाजिक घेरा तोड्ने क्रममा जीवन गुमाउनु परेको हो ।बजारमा पाउने जन्म नियन्त्रकको सट्टा सुपरग्लु प्रयोग गरेका कारण उनको मृत्यु भएको एक सनसनीपूर्ण घटना बाहिर आएको छ । आफ्नी प्रेमीका उनले जन्म नियन्त्रक बन्न सक्ने ठानेर सुपर ग्लु लगाएका थिए ।

प्रहरीका अनुसार आफ्नो साथमा जन्म नियन्त्रक कुनैपनि साधन नभएपछि उनले ग्लुको प्रयोग गरेका थिए । जसकारण उनको मृत्यु भयो । प्रहरीका अनुसार मृतक करिब २५ सलमान मिर्जा हुन् । उनले पसलमा किन्न जान लाज माने । तर त्यही मृत्युको कारण बन्यो ।

उनी आफ्नी प्रमीकासँग होटल गएका थिए । सो क्रममा उनले जन्म नियन्त्रकको सट्टा वाटरप्रूफ सुपर ग्लु प्रयोग गरेका थिए । वाटरप्रूफ सुपर ग्लु सामान्यतया धातु, गिलास र ठोस चीजहरुलाई जोड्नको लागि प्रयोग गरीन्छ । त्यसपछि के भयो अनुमान त पक्कै लगाउन सकिन्छ ।

त्यस घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक सीसीटीभी फुटेज पनि फेला पारेको छ । फुटेजमा सलमान मिर्जा आफ्नी प्रमीकासंग होटलमा प्रवेश गरेको देखिएको छ । यो फुटेज जुन २२ को हो ।भोलिपल्ट अर्थात जून २३ मा होटलबाट उनलाई जटिल अवस्थामा निक्लेको पनि देख्न सकिन्छ । प्रहरीका अनुसार उनी होटलबाट सिधै अस्पताल गएका थिए ।

अस्पताल पुगेपछि उनको मृत्यु भएको चिकित्सकहरुले जानकारी दिएका छन् । डीसीपी प्रेमसुख डेलुका अनुसार मृतकको परीक्षणको लागि पठाइएको छ ।प्रहरी रिपोर्ट पर्खिरहेको छ । सलमान परिवारमा कमाउने उनी एकमात्र व्यक्ति थिए । उनका बुढा बुबा आमा र दुई बहिनीहरु छन् । अहिले सिंगो परिवार शोकमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *