वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमती खोज्दै हिँड्ने गिरोह सक्रिय।विदेशमा रहनु हुने सम्पूर्णले हेर्नुहोला

समाचार

ह’नी ट्रयाप भन्नेबित्तिकै हामी परिबन्दमा पारेर ठगी र शोषण गर्ने महिलालाई सम्झन्छौँ । कुनै पुरुषलाई फसाएर यौ’न क्रियाकलापमा संलग्न गराउने र अन्त्यमा पैसाका लागि ब्ल्याकमेल गर्ने प्रवृत्तिलाई प्रायः ‘ह’नी ट्रयाप’ भन्ने गरिन्छ ।र, यसमा अक्सर महिलालाई नै दोषी देखाउने गरिन्छ । तर, महिलाअधिकारकर्मीहरुको विश्लेषणमा ‘ह’नी ट्रयापिङ’ मा महिला मात्र होइन, पुरुषहरु पनि उत्तिकै दोषी छन् ।पछिल्लो समय नेपालमा हनी ट्रयापका घटना बढ्न थालेका छन् । प्रहरी कार्यालयहरुमा हनी ट्रयापका उजुरीहरु दैनिक रुपमा आउन थालेका छन् ।

सामान्यतः हनी ट्रयापबाट पीडित बनेको भन्दै पुरुषहरु प्रहरी कार्यालयमा पुग्ने गरेको भए पनि हनी ट्रयापबाट महिला पनि उत्तिकै पी’डित भएको महिला अधिकारकर्मीको भनाइ छ ।अधिवक्ता एवं महिला अधिकारकर्मी मोहना अन्सारी महिलाले गर्ने ह’नी ट्रयाप वा पुरुषले गर्ने ह’नी ट्रयाप दुबै आ’पराधिक कार्य भएको बताउँछिन् । तर, हनी ट्रयाप भन्नेबित्तिकै महिलालाई मात्रै दो’षी देख्ने परिपाटी भने गलत भएको उनी बताउँछिन् ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त अन्सारी भन्छिन्, ‘हनी ट्रयाप भनेपछि हामी महिलाले ठगी गरेर अ’पराध गरी भन्ने मात्रै बुझ्छौँ । तर, पुरुषबाट हुने अ’पराध र ब्ल्या’कमेल पनि हनि ट्रयाप नै हो र यसबाट धेरै महिला दिदीबहिनीहरु पी’डित बनेका छन् । त्यसकारण ह’नी ट्रयापबाट महिला पनि उत्तिकै पीडित छन् ।’

ह’नी ट्रयापमा पुरुष पनि उत्तिकै जिम्मेवार– अधिकारवादी नेतृ अन्सारीका अनुसार हनी ट्रयापमा पुरुषहरुलाई पी’डितका रुपमा देखाइने गरिए पनि पुरुष पूरै पी’डित र महिला पूरै अपराधी हुँदैनन् । यौ’न आ’शक्ति र सम्पत्ति एवं मोजमस्तीका लागि पुरुषहरु महिलासम्म पुग्ने गरेका कारण ह’नी ट्रयाप व्यवसायका रुपमा फैलिएको हो ।

अन्सारी भन्छिन्, ‘ह’नी ट्रयापका केसहरु अध्ययन गर्दा पहिले पुरुषहरूले नै सम्पर्क गरेको र अगाडि बढेको देखिन्छ । पुरुषहरूले सुरु–सुरुमा म्यासेज, फोन आदिमार्फत् मायाप्रेमका कुरा गर्ने, केही सरसामान किनिदिने आदि गर्छन् । पछि उनीहरु सम्बन्धमा बसिसकेपछि महिलाले अधिकार र सम्पत्ति खोजेको देखिन्छ ।

अनि सम्बन्धमा खटपट आउन सुरु हुन्छ र महिलाहरुले ब्ल्या’कमेल गरेको पनि देखिन्छ ।’उनी अगाडि भन्छिन्, ‘ह’नी ट्रयापका केही केसहरु नितान्त आ’पराधिक मनसायबाट सुरुवात भएको पनि देखिन्छन् । तर, धेरै केसहरु सुरुमा सहमतिको व्यक्तिगत सम्बन्धबाट सुरु भएर अन्त्यमा हनी ट्रयापमा परिणत भएको पाइन्छ ।’

ह’नी ट्रयापिङमा संलग्न गिरोह नै छ-अन्सारीका अनुसार हनी ट्रयापमा केही पे’सेवर गिरोह नै संलग्न रहेको देखिन्छ । हनी ट्रयापिङ गरेर पैसा कमाउने गि’रोहकै कारण यस्ता घटना अचेल बढिरहेका छन् । उनी भन्छिन्, ‘महिलालाई प्रयोग गरेर

पुरुषहरुलाई परिबन्दमा पार्ने र त्यसबाट आर्थिक लाभ लिने गिरोह नै यसमा संलग्न छ । कतिपय अवस्थामा ह’नी ट्रयापमा संलग्न भनिएकी महिला नै पी’डित भएकोसमेत पाइएको छ । त्यसकारण, ती महिलालाई कसले, कसरी परिचालन गर्छ भन्ने कुरा पनि बुझ्न जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *