आज बिहिबार यस्तो भयो सुनको भाउ,सुन किन्दै हुनुहुन्छ भने एकचोटी अवश्य हेर्नुहोस

अर्थ व्यापार

कार्तिक ४ गते । आज बिहिबार पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेकाे छ ।आज छापावाला सुन ताेलामा ३ सय रुपैले बढ्दै प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज चाँदी २५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

याे पनि, मेरो मौनतालाई धेरैले मेरो कम्जोरीको रुपमा लिए , त्यसैले आज बोलेको छु भन्दै सबै कुरा खाेलिन नायिका स्वेता खड्काले (भिडियो हेर्नुस्) । सिन्धुपाल्चोकमा निर्माणाधिन रहेको माझी बस्तीका बारेमा अनेक टिकाटिप्पणी र आ`रोप लागेपछि अभिनेत्री श्वेता खड्का पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिन टेलिभिजन अन्तरवार्तामा पुगेकी छन् ।

उनले हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएकी छन् । माझी बस्ती ऋणमा डु`वेको र सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले पनि पैसा नदिएको भन्दै उनले फेसवुकमा स्टाटस लेखेपछि त्यसवारे निकै टिकाटिप्पणी भएको थियो । श्वेताले श्वेताश्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको काम थालेकी थिइन् ।

उनका पूर्व तथा दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मस्थान भएका कारण त्यो ठाउँ आफ्नो लागि निकै प्रिय भएकाले सामुहिक बस्ती निर्माण गर्ने घोषणा सहित काम थालेकि थिइन् । वस्ती निर्माणको ९० प्रतिशत काम पनि सकिएको छ । तर अहिले श्वेताले दोस्रो विवाह गरेपछि र विवाहमा देखिएको तामझामलाई लिएर उनको स्टाटस माथि टिप्पणी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *