लगातार बढेको सुनकाे भाउ आज भने अचम्मित पार्ने किसिमले यस्तो भयाे

अर्थ व्यापार

काठमाडौं।बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला १ सयले बढेर ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रहेको छ ।त्यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेर तोलामा १० रुपैँयाले बढेर प्रतितोला १२३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो पनि:काठमाडौ। अस्पतालको बेडमा सानो बाबु सुतिरहेका छन् । उनी ब्लड क्यान्सरले निक्कै थलिएका छन् । सुक्क-सुक्क गर्न बाहेक केही बोल्न सक्दैनन्। उनका दाजुपनि सानै छन् । छेउमा बसेका छन् । बारम्बार सुम्सुम्याउछन्। बाबुलाई जन्मदिने आमाको अनुहारपनि याद छैन । बाबुलाई भने देख्यो भने चिन्न सक्लान्।

उनीहरुका बाबा आमा यही धर्तीमा छन् । तर सानै उमेरदेखि छोडेर अन्यत्र छन् । उनीहरुलाई अलपत्र छोडेर हिँडेका छन् । बाबु आमाले साथ छोडेपनि दाजु भाई संघर्ष गरेर बाँचिरहेका थिए । यस्तै दुखियाको घरमा बज्रपात परेर आयो । आमा बाबु जिउँदै भएपनि टुहुरा, बेसाहारा बनेका यी नेपाल आमाका सन्तानमा अब ठूलो विपत्ति आइलाग्यो । करिब एक दशक देखि दाजुभाई आमाबुवाको संरक्षण बिनानै हुर्किएका थिए । बाबु १३ बर्षको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *