दुबईबाट आउने ५ नेपाली बिमानस्थलमा पक्राउ,गरेछन् यस्तो काम

समाचार

काठमाडाै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका बाला सङ्कलन गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।दुबईबाट सुन मगाएर सङ्कलन गरेको ३ सय ग्राम सुन महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीले बरामद गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट नै प्रहरीले चितवनमा घर भएकी रेणुका पाठकलाई पक्राउ गरेको थियो ।

४९ वर्षीय पाठकको साथबाट ५० ग्राम बराबरका ४ वटा सुनका बाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारि दिए ।हिजो १ सय ग्रामका दुईवटा बाला सहित आज थप ४ जना पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भने सिन्धुपाल्चोक घर भएका विवेक बस्नेत,काभ्रेका जीवन लामा, इलामा मिलन यल्मो र रामेछापका रुद्र मगर रहेका छन् । विदेशबाट फर्किँदा भन्सार ऐन अनुसार ५० ग्राम सुनका गहना ल्याउन पाइन्छ ।सुन तस्करहरूले सो प्रावधानको दुरुपयोग गरेर विदेशबाट फर्किनेहरूलाई भरिया बनाएर ल्याउने र विमानस्थलमा सङ्कलन गर्ने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *