भारतको सहजताका लागि नेपाल सरकारले चाल्यो यस्तो कदम।यो कुरा पक्कै पनि कसैलाई चित्त बुझ्दैन?

समाचार

भारतमा कोइलाको अभावमा थर्मल प्लान्टबाट विद्युत्को आपूर्ति कम हुन थालेपछि विहार सरकारले नेपालबाट अफ आवरमा ३५५ मेगावाट विद्युत् पैंचो लिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार दैनिक औसतमा २ हजार मेगावाट आवर विद्युत् भारतले पैंचोका रूपमा लिन थालेको हो ।

भारतले नेपाललाई विद्युत् विक्री गर्दा नेपाली ९ रुपैयाँ ६० पैसाको दरले विक्री गर्छ । यस हिसाबका आधारमा २० लाख युनिटको ९ रुपैयाँ ६० पैसाका दरले १ करोड ९२ लाख रुपैया बराबरको विद्युत् नेपालले भारतलाई दैनिक १२ घण्टा सापटी अर्थात् पैंचो दिइरहेको छ । सुक्खा याममा नेपालमा विद्युत्को उत्पादनमा कमी हुँदा भारतले आफूले लिएको पैंचो फिर्ता गर्छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले भारतको विहार राज्यमा विद्युत्को माग भएअनुसार पैंचोका रूपमा अधिकतम रक्सौलबाट ८५ मेगावाट, दुहवीबाट १५० मेगावाट, रामनगरबाट ७० मेगावाट र ढल्केबरबाट ५० मेगावाट विद्युत् गरी अहिले भारतलाई ३५५ मेगावाट विद्युत् बेलुकी ६ बजेदेखि बिहान १० बजेसम्म दिने गरिएको छ ।

सरदरमा भारतले अहिले २ हजार मेगावाट आवर विद्युत् नेपालबाट खपत गर्दै आएको छ । कहिले कम र कहिले केही बेसी लिने गरेको छ । सबै विद्युत् स्टेशनबाट भारतले विद्युत् पैंचोमा लिएको हो । नेपाल विद्युत् प्राधिकरणले सुक्खा मौसममा विद्युत् फिर्ता लिएर आपूर्ति व्यवस्थापन गर्दै आएको छ ।

भारतले नेपाललाई विद्युत् विक्री गर्दा प्रतियुनिट भारतीय ६ रुपया लिँदै आएको छ । जुन नेपाली ९ रुपैयाँ ६० पैसा हुन आउँछ । त्यसैलाई आधार मानेर अहिले नेपालले सापटी स्वरूप दिँदै आएको विद्युत्को रकम रू. १ करोड ९२ लाख बराबरको हुन जान्छ ।

प्रवक्ता भट्टराईका अनुसार भारत सरकारको ऊर्जा मन्त्रालयमा नेपालबाट विद्युत् खरीद गर्ने विषयमा आधिकारिक निर्णय नभएकाले विद्युत् सापटीका रूपमा प्रयोग भइरहेको छ । विक्रीको सम्झौता हुनासाथ नेपालले भारतलाई विद्युत् सापटीका रूपमा नभएर आधिकारिक रूपमा नै विक्री थाल्नेछ ।

भारतमा विद्युत्को अभाव चुलिएकाले चाँडै नै भारतको ऊर्जा मन्त्रालयले विद्युत् खरीद गर्ने विषयको सम्झौता नेपाल सरकारसँग गर्ने उनले खुलाए ।नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले दुहवीबाट भारतको कटैया पावर हाउस र रूपनी कुसाश हुँदै भारतको कटैया पावर हाउसलाई बेलुका ६ बजेदेखि बिहान १० बजेसम्म अधिकतम १५० मेगावाट विद्युत् दिइरहेको बताए ।

उनले सुक्खा मौसम शुरू भएपछि भारतको कटैयाबाट प्रदेश १ को विद्युत्को माग पूरा गर्न पुनः सापटी फिर्ता विद्युत् लिइने र हिसाब मिलान गरिने जानकारी दिए । भारतसँग विद्युत् व्यापारको सम्झौता भई नसकेकाले अहिले एकअर्काको देशलाई खाँचो पर्दा बिजुली सापटी दिने गरिएको हो ।रेग्मीका अनुसार अपर तामाकोशीबाट ढल्केवर, रूपनी हुँदै दुहवी आउने १३२ केभी प्रशारणमार्पत

भारतको कटैया पावर हाउसलाई १५० मेगावाटसम्म विद्युत् निर्यात गरिँदै आएको छ । केही महीना अघिसम्म साताको ३ दिन मात्र विद्युत् लिँदै आएको भारतको कटैया पावर हाउसले अहिले दैनिक रूपमा १२ घण्टा विद्युत् लिइरहेको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *