BREAKING…दसैंको टिकाका दिन श्रीमानले अर्का पुरुषसंग श्रीमतीलाई परालको थुप्रो देखेका थिए त्यसपछि..

समाचार

काठमाडौ । दसैंको टिकाका दिन श्रीमानले अर्का पुरुषसंग श्रीमतीलाई परालको थुप्रो देखेका थिए । श्रीमानले आफ्नो पोल थाहा पाएपछि श्रीमतीले प्रेमीसंग मिलेर श्रीमानलाई ठेगान लगाइन् । असोज २९ गते दसैंको दिन धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का २९ वर्षीय बिष्णु चौधरी र २७ वर्षीया अमृता चौधरीलाई अमृताका श्रीमानले संगै भेटाए ।

दुबै जना विवाहित थिए त्यसैले सबैको सामुन्ने उनीहरु भेट्न सक्दैनथे । श्रीमानसंग त्यती राम्रो ब्यवहार नभएकी अमृतालाई विष्णु मन पर्यो । उनीहरु केही वर्ष देखि नै नजिक थिए । यो कुरा अमृताका श्रीमान रमेश चौधरीले थाहा पाए । त्यसैले अमृता र रमेशबीच बेला बेलामा विवाद भइरहन्थ्यो । तर दसैंको दिन नै आफ्नो अन्तिम दिन होला भन्ने रमेशले सोचेका पनि थिएनन् ।

‘२९ गते राति श्रीमान रमेशसंगै सु ते की अमृता सुटुक्क उठेर विष्णुलाई भेट्न पुगेकी थिइन् । आइतवार पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले भने, ‘ राती ११ वजे घर पछाडिको परालको थुप्रोमा बिष्णु र अमृताको भेट भयो। श्रीमती बाहिरिएको पत्तो पाएका रमेशले बिष्णु र अमृतालाई पिपछा गरे । उनले दुवै जनालाई परालमा आ प त्ति जनक अवस्थामा फेला पारे।’

त्यसरी आफ्नो श्रीमतीसंगै भेटेपछि रमेश र विष्णुबीच हात पात भयो । तर विष्णुलाई आफ्नै श्रीमतीले समेत साथ दिएका कारण रमेशले हारे । दुई जना मिलेर रमेशको ह’ त्या गरे । विष्णुले अमृतासंग मिलेर परालको थुप्रो नजिकै रहेको खेतमा रमेशलाई लगे त्यहीँ घटना गराए ।

घटनापछि दुबै जनाले १५० मिटर टाढा खुटिया नदीतर्फ चौरमा रमेशको श व फा ले को पनि प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी बिष्टले बताए। प्रहरीले घटनाको थप अनुसन्धान कार्य भइरहेको र थप दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ । तर थप दुई जनाको नाम भने बताएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *