बिदेशबाट फर्किदा सुन बोक्दै हो भने फ’सिएला,अब यस्तो तयारी गर्दै सरकार

समाचार

काठमाडौं:एक दुई सय दिहराम वा रिंगेट वा ५-६ हजार नेपाली रुपैयाँका लागी हामिले अर्काको सुन बोक्ने चलन हालका बर्षमा बढ्दै गएको छ ।विशेषगरि दुबईबाट नेपाल आउने नेपाली कामदारले त्यस्तो दलालको सुन बोक्ने गरेको पाइन्छ । दुबईको बिमानस्थलमा त्यस्ता एजेन्टहरु हातमा काचो सुनबाट बनेको रसायन नहालेको बाला र पैसा बोकेर बसेको दृश्य सामान्य जस्तै भएका छन् ।

नेपाल सरकारले एक बर्ष वा सो भन्दा बढी बिदेशमा रोजगारीको लागि गएको नेपालिको लागि ५० ग्राम सम्म सुन गहनाको बनाएको सुन ल्याउन अनुमती दिएको छ । कामदारलाई दिएको त्यही सुबिधालाई दुरुपयोग गर्दै सुन एजेन्टहरुले एयरपोर्टमा नेपाल फर्कने कामदारलाई सुन भिडाउने गर्छन् ।
पासपोर्टको फोटो र ब्यक्तिको फोटो खिचेपछी ५० ग्रामको बाला दिने गर्क्घन भने त्यही समुहको ब्यक्ती काठमाडौं एयरपोर्टमा बसेका हुन्छ । बाला दिए पछि उनिहरुले हातहातै ५ हजार रुपैयाँ दिन्छन् । तर हामिले गर्ने त्यस्ता क्रियाकलाप गै”रकानुनी रहेको छ ।

नेपाल सरकारले अब भने त्यस्ता क्रियाकलापलाई नि”यन्त्रण गर्न सादापोसाकमा प्रहरी तथा भन्सार कर्मचारी खाटाउदै आएको छ भने हरेक हप्ता ठूलो मात्रामा सुन सहित नेपाली कामदार पक्राउ समेत परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *