भोलि पनि सार्वजनिक बिदा?

समाचार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भोलि (असोज ३१ गते) पनि सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

उनका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरीसकेको छ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

संघीय सरकारले यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैं बिदा दिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो। **याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *