अनौठो घटनाःपुजाआज गरेर का’टनलाइ ठिक पारेको खसी एकाएक गायब

समाचार

रामेछाप ।मन्थली नगरपालिका–५ सुनारपानीका रामचन्द्र कार्कीले दशैलाई लागि भनेर घरमै खसी पालेका थिए । नवमीको दिन खसी का’टनको लागि बिहानै पुजाआज भयो । का’टनु अघि खसी प’र्साउने काम पनि भयो ।तर का’टने बेलामा एकाएक हराएको खसी १२ घण्टा वित्दा समेत फेला पर्न सकेको छैन् ।दशैको लागि का’टन ठिक परेको खसी हराएपछि रामचन्द्रको परिवारसँगै छिमेकी समेत तीन छक्क परेका छन् । हराएको खसी बिहानदेखि नै खोजी कार्य भइरहदा पनि अहिलेसम्म नभेटिएको छिमेकी नविन कार्कीले बताए ।

उनका अनुसार घर नजिकै जंगल रहेको छ । कार्कीले खसी कसैले चो’रेको नभई भागेरै हराएको आशंका गरिएको बताए । कार्कीको परिवार खसी ह’राएपछि चिन्तामा रहेको छ ।उता मासु भाग लगाउने क्रममा मासु घटी बढी भएको भन्दै बि’वाद भएपछी चि’र्पटले हान्दा एक युबकको मृ’त्यु भएको छ ।सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ छतिवन बस्ने २१ वर्षीया बिक्रम लामगादे , सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर बिच बि’बाद भएको थियो । लामगादेलाई बिबादको क्रममा चि’र्पट प्र,’हार गरि ह,’त्या गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिएको छ ।

बुधबार फूलपातीको अवसरमा गाउँमै स्थानीय मिली राँगा का’टी मासु भाग लगाउने क्रममा वि’वाद भई झ’गडा हुँदा लामगादेमाथि दाउराको चि’र्पट प्र’हार गर्दा लामगादे ग’म्भीर घा’इते भएका थिए । घा’इते भएपछी लामगादेलाई उपचारको लागी जिल्ला अस्पताल सिन्धुलीमा लगि भर्ना गरिएको थियो ।लामगादेको उपचारको क्रममा बुधबार दिउँसो २ बजे जिल्ला अस्पताल सिन्धुलीमा मृ’त्यु भएको एसपि थपलियाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *