१८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने खोप केही दिनमै नेपाल आउने।कहिले देखी पाइन्छ खोप?

समाचार

१८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने खोप केही दिनमै नेपाल आउने काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को,रोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै नेपाल आइपुग्ने जानकारी दिएको छ । १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीलाई दिन मिल्ने उक्त खोपको १ लाखभन्दा बढी डोज नेपाल ल्याउन लागिएको हो ।सरकारले दशैँअघि नै खोप नेपाल आइसक्ने बताएको भए पनि विभिन्न कारणवश ढिलाइ भएको बताइएको छ । अब दशैँलगत्तै पहिलो चरणको फाइजर खोप नेपाल आइपुग्ने जनाइएको छ । नेपालले कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा उक्त खोप पाउनेछ । द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत खोप आउनेछ । यस खोपका लागि विशेष चिस्यान भएको भण्डार क्षमता आवश्यक गर्छ ।

यसलाई पूर्णकालीन सुरक्षाका लागि अल्ट्रा कोल्ड चेन माइनस ४४ देखि माइनस ८० सेल्सियस तापक्रम सम्मको भण्डारण क्षमता हुनुपर्छ । तर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियस तापक्रममा पनि यसलाई अल्पकालीन रुपमा भण्डारण गर्न सकिन्छ । हाल फाइजर खोप भण्डारण गर्न मिल्ने चारवटा कूल चेन तयार सरकारले तयार गरेको जनाइएको छ, जसमा एक लाख डोज खोप भण्डारण गर्न सकिने क्षमता छ ।नेपालमा अहिलेसम्म १८ वर्षभन्दा माथिकालाई मात्र दिन मिल्ने कोभिशिल्ड, अस्टाजेनेका, भेरोसेल तथा जोन्सन एन्ड जोन्सन खोपहरु मात्र ल्याइएको छ । फाइजर खोप भित्रिएपछि भने विशेषगरी ११ वर्षदेखि १८ वर्ष उमेरसमूहका बालबालिकाले खोप पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *