भाईरल झाँक्रीको ताप्लेजुङमा निधन,दाहिने हातको हत्केलामा।

समाचार

ताप्लेजुङ- ताप्लेजुङमा सर्पको टो’काइबाट एक युबकको नि’धन भएको छ ।निधन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् ।उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा नि’धन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा नि’धन भएको हो ।

उनको श’व आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा ड’सेको थियो । सर्पले ड’स्नसाथ झा’रफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पु’जारी कहाँ गएको र बीचबाटोमै बाइक वि’ग्रिएपछि पैदल मार्फत गएका थिए ।

झारफुक पश्चात पनि स्वास्थ्यमा थप स’मस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताउनुभयो । हिजो टीकाका दिने सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको हो । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका छन् ।श’वलाई भोलि असोज ३१ गते अ’न्त्यष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *