एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य ३५ पैसाले वृद्धि भई हालसम्मकै उच्च भएको छ । दिल्लीमा पेट्रोलको मूल्य १०४.७९ रुपैयाँ र मुम्बईमा ११०.७५ रुपैयाँ प्रति लीटर भएको छ । दिल्लीमा डिजेल अब ९३.५२ रुपैयाँ प्रति लीटर र मुम्बईमा डिजेलको मूल्य १०१.४० रुपैयाँ छ ।पछिल्लो दुई हप्तामा पेट्रोलको मूल्य १३ गुणा र डिजेलको मूल्य १६ गुणा बढेको छ।
यो पनि, रुकुमका किसानलाई दसैँले छाेएन:दसैँ अगाडि परेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरू खेतबारीमै व्यस्त छन्। धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरू खेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका वीरेन्द्र बटालाले बताए । अघिल्लो वर्ष अलि पछि दसैँ परेका कारण सबै खेतीपाती सकेर आरामका साथ मनाउन पाइएको थियो।
अहिले अगाडि परेका कारण कामको चापसँगै दसैँ खेतबारीमै मनाउने परेको बाध्यता उनले सुनाए । धान भित्र्याएसँगै खेत जोतेर गहुँ लगाउने र मकै भित्र्याएपछि खाली भएको जग्गामा गहुँ,तोरी,अन्य तरकारी बाली लगाउनु पर्ने भएकाले कृषकहरू खेतबारीमा व्यस्त हुने गरेका ५न्। अहिले खेतबारीमा ढिला गरेमा जग्गामा भएको ओसिलोपन हराएमा अर्को बाली लगाउन मुस्किल हुने भन्दै आफूहरु खेतबारीमा व्यस्त भएको बारेकोट गाउँपालिका ५ का मनबहादुर सिंहले बताए। मौसमसमेत राम्रो भएकाले अन्नबाली भित्र्या उन सजिलो भएको उनको भनाइ छ।
वर्ष भरी खाने अन्नलाई राम्रोसँग भित्र्याउन सकिएन भने त्यसको असर अर्को वर्ष दिनसम्म पर्ने भएकाले काममा लाग्नु परेको सिंहको भनाइ छ । अन्य ठाउँमा प्राविधिको प्रयोग गरेर छिटो भएपनि जाजर कोट, रुकुम र डोल्पाको तल्लो क्षेत्रमा गोरुद्धारा जोत्ने, अन्न बाली माडेर निकाल्ने काम हुने गर्दछ । जिल्लाका सबैभन्दा बढी धान उत्पादन हुने दल्ली, कार्यखेत,मैदे रुकुम पश्चिमको चौरजहारी,खोलागाउँ,राडी माझमी लगाएका ठाउँमा अहिले धान बाली भित्र्याउन निकै हैरान भएको छ।