जति प्रयास गर्दा पनि पेटमा बच्चा बस्ने सकेको छैन भने यस्तो छ चमत्कारिक सुझाव।

समाज

वि’वाहपछि प्रत्येक द’म्पतीको एउटा स्वाभाविक सपना हुन्छ–घरमा शिशुको हाँसो गुन्जियोस् तर चाहँदाचाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पतीमध्ये धेरैले आफ्नो जीवन एक्लो र निरस अनुभव गर्छन् । आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवान्को श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेला गर्ने चलन छ ।

झन्डै १५ प्रतिशत वि’वाहित द’म्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्दा यति सुन्दर संसार उनीहरूका लागि कालकोठरीजस्तै बन्न पुगेको छ । आजको वैज्ञानिक युगमा आईयूआई, आईभीएफ (टेस्टट्युब बेबी), एक्सीजस्ता आधुनिक प्रविधिद्वारा कैयौं निसन्तान दम्पतीको सपना साकार हुन पुगेको छ ।

नि:सन्तान भन्नाले परिवार नियोजनका कुनै पनि साधन नअपनाई नियमित सहवासका बाबजुद दुई वर्षसम्म गर्भधारण हुन नसकेको अवस्थालाई मानिन्छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार मानिन्छन् । कहिलेकाहीँ दुवैमा खराबी नहुँदा नहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ ।

किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ । स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण यस्तो हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेहरूलाई हेला गर्ने चलन छ । नि:सन्तानका हातको पानी चल्दैन वा उनीहरूबाट पितृहरू पनि विमुख हुन्छन्

भन्ने अन्धविश्वासी परम्परा हाम्रो समाजमा यदाकदा विद्यमान छ । यद्यपि त्यो पूर्णत: गलत कुरा हो । नि:सन्तान हुनुको कारण निक्र्याेल गर्नु जरुरी हुन्छ । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्छन् । अरूको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने सन्तानहीन दम्पती हाम्रै समाजमा पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *