अहिलेसम्मकै भयानक दु’र्घटना,कारहरु सडकमा टुक्रा–टुक्रा

समाचार

काठमाडौं । अहिलेसम्मकै भयानक दु’र्घटना भएको छ । ड’रलाग्दो सडक दु’र्घटनामा तीन जनाको मृ’त्यु भएको छ ।छिन्द्वारा–नागपुर राजमार्गमा तिव्र गतिले तीन व्यक्तिको ज्यान लिएको हो ।त्यस दु’र्घटनामा दुईजना नराम्ररी घा’इते भएका छन्, जसको उपचार भइरहेको छ ।यद्यपि यस दु’र्घटनालाई लिएर चर्चा तब सुरु भयो, जब उनीहरु सवार गाडीको अवस्था बाहिर आयो ।दु’र्घटनामा ज्यान गुमाएकाहरुले चढेको कार नै अहिले यस दु’र्घटनाको मुख्य केन्द्रमा रहेको छ ।

वास्तवमा यस घटनामा कार दुई टुक्रा बनेपछि सबै हैरान छन् । दु’र्घटनापछि उक्त कारका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।जानकारी अनुसार यो दु’र्घटना जुन ११ मा छिन्द्वारा–नागपुर राजमार्गमा भएको थियो ।दु’र्घटनाको समयमा पाँच जना मानिसहरू किआ सेल्टोस कारमा सवार थिए ।

उनीहरुले कारलाई तिव्र गतिमा कुदाउँदै थिए । सोही क्रममा बाटोमा मोटरसाइकलमा सवारहरूलाई बचाउने क्रममा कार चालकले आफ्नो सन्तुलन गुमाए र कारले पुलसँग ठक्कर खायो ।यो दु’र्घटनामा, पछाडि सीटमा बसिरहेका तीनैजनाको घटनास्थलमै मृत्यु भयो ।

सोही समयमा, चालक र अर्को सीटमा बसिरहेका एकजना व्यक्ति ग’म्भीर घा’इते भएका हुन् ।उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । त्यस दु’र्घटनामा, किआ सेल्टोस एसयूवी कार दुई टुक्रा भएको थियो ।यस्तो दु’र्घटना धेरै कम देखिने गर्छन । जब कारका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भए, मानिसहरू यस विषयमा कुरा गर्न थालेका छन् ।

कार दुई भागमा यसरी बाँडिएको छ कि जो कसैले विश्वास गर्न सक्दैनन् । मानिसहरुले दुई भाग अलग पारेर राखेजस्तो देखिएको छ ।महत्त्वपूर्ण कुरा के हो भने, आधुनिक कारहरू यस्तो तरीकाले डिजाइन गरिएका हुन्छन् कि उनीहरू आफैंमा कुनै दु’र्घटनाको अधिकतम प्रभाव लिन सक्दछन् ।

धेरै घटनाहरूमा कार आफैं खुलेको पनि देखिएको छ । अहिलेसम्म पाँच जनामध्ये कति जनाले सीट बेल्ट लगाएका थिए भन्ने जानकारी आइसकेको छैन । भारतमा सामान्यतया कारको पछाडि सिटमा बस्ने धेरैजसो मानिसहरू सिट बेल्ट लगाउँदैनन् ।यो घटनामा पछाडि सीटमा रहेका तीन व्यक्तिले सीट बेल्ट नलगाएको विश्वास गरिएको छ ।

प्रहरीका अनुसार सचिन जयस्वाल यो कार चलाउँदै थिए । उनको छेउमा नीलम जयस्वाल बसिरहेका थिए । दुबैजना ग’म्भीर घा’इते भएका छन् ।उनीहरूलाई नागपुर मेडिकल कलेज एन्ड अस्पतालमा भर्ना गरिएको छ । कारमा रहेका पाँचजना रामकोनाबाट नागपुर गएका थिए ।

एउटा विवाह समारोहमा पुगेर रामकोना फर्कदै गर्दा कार दु’र्घटनाग्रस्त भयो ।प्रत्यक्षदर्शीका अनुसार कारको गति धेरै तिव्र थियो । अचानक उनीहरूको अगाडि एक मोटरसाइकल आयो । कार चालकले उक्त दु’र्घटनाबाट बच्न यथासक्दो प्रयास नगरेका पनि होईनन् ।

तर अन्नतः उनीहरु सवार कार पुलसँग ठ’क्कर खान पुग्यो । आँखा खुलेपछि सो कार दुई भागमा विभाजित थियो । दु’र्घटनाको केवल दुई सेकेन्डमा कार दुई टुक्रा बनेको बताइन्छ ।किआ सेल्टोस भारतमा सन् २०१९ अगस्टदेखि चल्न थालेको छ ।

त्यसबेलादेखि यो भारतमा सब भन्दा राम्रो बिक्री हुने एसयूवी बन्यो । किआ इण्डियाले पनि नयाँ सेल्टोस केही समय अघि बजारमा ल्याएको छ । भारतमो यो कारको मुल्य झण्डै १० लाख देखि १८ लाख आसपास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *