काठमाडौँ – काठमाडौँको छिमेकी जिल्लामा फेरि लकडाउन भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ। जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)को बैठकले समुदायमा संक्रमणदर घटिरहेको तथा साप्ताहिकरूपमा मृ त्युदर घटेको अवस्थामा काभ्रेमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
निषेधाज्ञा गए राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भनिएको छ। चाडपर्वमा बजारमा भीडभाड नगर्न, हिँडडुल गर्दा तथा भेला, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, ब्यूटीपार्लर, जिमखाना आदि सञ्चालन गर्दा स्वास्थ्य–सुरक्षा एवं सामाजिक दूरी कायम गर्नुपर्ने, हाट, मेला, जात्रा महोत्सवमा भीडभाड कम गर्ने तथा निर्धारित जनस्वास्थ्यका मापदण्ड अपनाउन जारी आदेशमा उल्लेख गरिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
साथै गोष्ठी, सेमिनार, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलाप सकेसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने, सार्वनजिक यातायातका साधानमा कूल सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, विकास–निर्माणका सामग्री ढुवानी जिल्लाभित्र साँझ ७ देखि बिहान ६ बजेसम्म तथा जिल्ला बाहिर राति ९ देखि बिहान ५ बजेसम्म मात्रै गर्ने आदेश जारी गरिएको छ। आदेश अवज्ञा गर्ने जो–कोहीलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने जनाइएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
यसैबीच जिल्लाको चार गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन् भने पछिल्लो केही दिनदेखि संक्रमणमुक्त हुनेको संख्या भने बढिरहेको केन्द्रको तथ्यांकले देखाएको छ। कोरोना संक्रमणमुक्त हुनेमा चौँरीदेउराली, रोशी, महाभारत र खानीखोला गाउँपालिका छन्। तेमालमा एक, मण्डनदेउपुर नगरमा दुई र बेथानचोक गाउँपालिकामा तीन संक्रमित रहेका छन्। केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा चारमा कोरोना संक्रमण देखिएको छ भने १७ संक्रमणमुक्त भएका हुन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
जिल्लामा हाल ८९ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा २८, पाँचखालमा १४, धुलिखेलमा १८, पनौतीमा १०, बेथानचोक र नमोबुद्ध नगरमा ११ रहेको केन्द्रले जनाएको छ। जिल्लामा हालसम्म १४ हजार ६७८ मा संक्रमण देखिएकामा १९२ को मृ त्यु भएको छ।हालसम्मका कूल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार ३७९ संक्रमणमुक्त भइसकेका छन्। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******