दशैंको मुखमा आयो सोच्ने नसकिने मुटु पोल्ने खबर।यस्तो कसैलाई नपरोस

समाचार

पोखराबाट पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घ’टना हुँदा चालक सहित आठ जनाको घटनास्थलमै ज्या’न ग’एको छ । नौ जना सवार उक्त जीपमा एक जनालाई भने भीरमा अ’ड्किएको अवस्थामा प्रहरीर स्थानीयले उद्धार गरेका थिए ।ज्या’न गु’माउनेमा काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठ माडौँ गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चो’ट मात्र लागेको छ ।

ज्या’न गु’माउनेमा चालकमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री रहेका छन् । काठमाडौंबाट घुम्नका लागि पोखरा घान्द्रुक गएका उक्त समुहको ग १ ज ६९०० नम्बरको बोलेरो जीप हुदु स्थित सडकबाट आफैँ अनियन्त्रित भई दुर्घ’टना हुँदा सबैको दुखद मृ,त्यु भएको हो । मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *