फेरी बा’घले खायो अर्को ९ वर्षीया बालिका

समाचार

चितुवाको आ’क्र’मण’बाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् ।छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आ’क्र’म’ण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ ।लामो समयसम्म चितुवाको आ’क्र’मण रोकिएको तनहुँमा चितुवा आ’क्र’म’ण भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । विसं २०७४ फागुनयता चितुवाको आ’क्रम’ण’बाट ११ बालबालिकाले ज्या’न गुमाएका छन् ।चितुवाका आ’हा’रा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आ’क्र’म’ण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *