टन्सिलको समस्याले हैरान हुनुभएको छ?सधैंको लागि छुटकारा पाउन अपनाउनुहोस् यी उपाय

स्वास्थ्य

घाँटीको माथिल्लो भाग र मुखको पछाडिपट्टी छेउमा रहेका दुईवटा ग्रन्थीलाई टन्सिल भनिन्छ । यो प्राकृतिक रुपमा बनेको एउटा ग्रन्थी वा डल्लो हो । यी डल्लो वा ग्रन्थीले हाम्रो शरीरमा पिल्लरको काम गर्छ । हाम्रो शरीरभित्र प्रवेश गर्ने किटाणुसँग लड्ने रोग प्रतिरोधक क्षमता नै यी ग्रन्थीमा हुन्छ । टन्सिल बच्चा बेलामा खासै विकास भएको हुँदैन । ६ वर्षसम्म टन्सिल बढ्छ र त्यसपछि विस्तारै घट्छ । यी दुई ग्रन्थीहरुले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ तर कहिलेकाँही आफै संक्रमण हुन्छ । यस्तो अवस्थामा घाँटी फुलेर रातो हुन्छ ।

मौसम परिवर्तनका समयमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा बढी सताउने गर्छ । टन्सिल ब्याक्टेरियाले गर्दा हो कि भाइरसले भन्ने छुट्टयाउनु पर्छ । यदि भाइरसका कारणले हो भने घाँटी दुख्ने, ज्वरो आउने र रुघाखोकी लाग्ने हुन्छ । त्यसलाई कम गर्न चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक खाएको ४ देखि ५ दिनमा निको हुन्छ। तर व्याक्टेरियाको संक्रमणले गर्दा घाँटी दुख्ने ग्रन्थी बढ्ने, ज्वरो आउने, पाक्ने तथा पिप जम्ने र शरीर दुख्ने तथा गिर्खा आउने जस्ता समस्या हुन्छ ।

व्याक्टेरियाले टन्सिल सुनिने वा गिर्खा बढ्ने हुन्छ । यस्तो समस्या आएमा चिकित्सकको सल्लाह बमोजिममात्र एन्टिबायोटिक सेवन गर्नुपर्छ । दीर्घकालीन रोगका बिरामीलाई पनि टन्सिल बढ्ने समस्या हुन्छ । टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु पर्छ भन्ने छैन । पहिले घरमा उपलब्ध सामग्री प्रयोग गर्दा राम्रो हुन्छ किनकि घरकै सामग्रीले पनि निको हुन्छ टन्सिल । यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।

टन्सिल भयो भने यसो गर्ने?जान्नुहोस: तातो पानीले कुल्ला गर्ने, टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने। र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ।

बेसार पानी खाने: बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं । बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ ।

तुलसी चपाउने:तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ।

मह र दालचिनी:दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लािग अलिकति दालचिनी पिस्नुस । त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

हर्बल चिया : हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ। यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ । हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ।

लसुन या ल्वाङको प्रयोग : टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ। यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ। हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *