दशैं मुखमा आएको बेला भयो विमान दु्र्घ’टना,१६ को मृ’त्यु,६ जनाको जी’वितै उ’द्दार

बिश्व समाचार

एजेन्सी । रूसमा एउटा विमान दु’र्घटनामा परेको छ ।दु’र्घटनामा कम्तीमा १६ जनाको मृ’त्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।दु’र्घटनापछि ६ जनाको जी’वितै उ’द्दार गरिएको छ ।६ जनाको अवस्था ग’म्भीर रहेको छ ।राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दु’र्घटनामा परेको थियो ।दु’र्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ ।विमान दु’र्घटनाबारे अनुसन्धान भइरहेको रोयटर्सले जनाएको छ ।

यो पनि पढ्नुहोस –रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा भएको झ’डपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी)सहित ४९ जना सुरक्षाकर्मी घा’इते भएका छन्।आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा सुरक्षाकर्मी र बस्तीका स्थानीयबीच झ’डप भएको हो। उक्त झ’डपमा नेपाल प्रहरीतर्फ ३० र सशस्त्र प्रहरी ब’लका (एसपी)सहित १९ गरी ४९ जना सुरक्षाकर्मी घा’इते भएका छन्।

झडपमा सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, हवल्दारहरु दिलबहादुर घर्ती, दिपेन्द्र केसी, खुसीराम चौधरी, तीलबहादुर धामी, रुद्रबहादुर खत्री, जनकराज जोशी रविन्न्द्रकुमार गौड र चुमानसिंह थापा घाइते भएका छन्। यस्तै, सशस्त्र प्रहरीका जवानहरु सन्तोष बस्नेत,इन्द्रजित चौधरी, शम्भु कार्की, मनोज रावत, बसन्त डिसी, लोकनाथ खनान, गणेश रावत, प्रेम बिक सुरज दयाल र कृष्णबहादुर थापा घा’इते भएको सशस्त्र प्रहरीका एसपी राजेश उप्रेतीले जानकारी दिए। यस्तै, नेपाल प्रहरीतर्फ ३० जना घा’इते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *