प्रहरीनै ग्राहक बनेर छापा हान्न गएपछि आफनै श्रीमती फेला परिन।

समाचार

मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल वेश्यावृत्तिको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको छ ।प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर भएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्।टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी छन्।उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरुकहाँ पठाउने गरेको बताइएको छ।

यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए।त्यसका लागि उनले लाखौंको डील गर्ने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।इशाले ग्रहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएका थिए।त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडेलहरुलाई लिएर पुगेका थिए। त्यही बेला उनी पक्राउ परेको बताइएको छ।

त्यस्तै कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् ।कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ ।कुरू केहि समय अगाडिको हो चीनमा यस्तै भएको छ । कहिल्यै नभेटेका र नदेखेका जो कोही पनि फेसबुक मार्फत् साथी बन्न सक्छन्।अनलाइनमा साथी बनेर माया प्रेम समेत बसेपछि भेट्न जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास ।

चीनको हेलोगजियांग प्रान्तमा यो घटना भएको थियो । ससुरा बुहारी दुबैले आफ्ना पत्नी र पतिलाई छलेर फेसबुकमा कुराकानी गर्दर्थे।दुबैले तस्वीर राखेका थिएनन् । नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे ।५७ वर्षे ससुरा वागं र बुहारी लिलीका बिच लामो समय सम्म फेसबुकमै कुराकानी भयो कुराकानीका क्रममा वागंले आफु एउटा कम्पनीको कालीक भएको र श्रीमतीको मृत्यु भएको बताउँथे भने बुहारीले आफ्ना श्रीमान् जेल परेको बताउँथिन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो ।

यस्तै क्रममा उनीहरुका बीच एउटा होटलमा भेट्ने तय समेत भयो । लिलिका श्रीमान् घर बाहिर गएका थिए श्रीमतीले अर्कै केटालाई भेट्न होटल जाँदैगरेको उनले श्रीमतीको उक्त फेसबुक एकाउन्ट चलाउँदा थाहा पाए । यो कुरा थाहापाएपछि उनी रंगेहात समात्न पुगे । लिलीले होटलको ढोका टक्टक्याउँदा ससुराले ढोका खेले ।

दुवै लाजले रातो पीरो । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *