लगातार ५ दिन बिदा:बैंक पनि बन्द हुने,यस्तो छ राष्ट्र बैंकको सूचना!

समाचार

काठमाडौं । असोज २६ गतेदेखि असोज ३० गते अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन दशै बिदा दिइएको छ ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ सालका लागि बैंकहरुमा बिदा र कार्यालय तथा बैंकिङ समयतालिका अनुसार अब उक्त दिन बिदा हुने भएको हो ।

केन्द्रीय बैंकको जनशक्ति व्यवस्थापन विभागले असोज २६ गतेदेखि ३० गतेसम्म बैंकहरुमा बिदा हुने जनाएको छ । यद्यपि असोज ३० गते शनिबार पनि परेको छ ।यस अघि नै गृहमन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनाको आधारमा राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका कार्यालयहरू र राष्ट्र बैंकको नियमनमा रहेका सम्पूर्ण संस्थाहरू समेतमा हुने बिदा तथा कार्यसमय तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *