ठूलो संख्यामा शिक्षकको माग,एकैपटक २० हजार तीन सय ५६ जनाको भाग्य चम्कदै

समाचार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त शिक्षकको तथ्यांक निकालेको छ । केन्दका अनुसार आगामी चैत मसान्तसम्म २० हजार तीन सय ५६ जना शिक्षकको दरबन्दी रिक्त हुन लागेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला र आन्तरिक प्रतिस्पर्धा तथा बढुवाबाट पदपूर्ति गर्ने तयारी रहेको जनाएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लामो समयदेखि शिक्षक सेवा आयोग पदाधिकारीविहिन हुँदा स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्न सकेको थिएन । आन्तरिक प्रतिस्पर्धा तथा बढुवा हुन नसक्दा एकैपटक ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त भएको हो । आयोगले पदाधिकारी पाएपछि केन्द्रले शिक्षक सेवा आयोगलाई रिक्त हुने जिल्लागत दरबन्दी विवरण पठाएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

केन्द्रले असोज एक गते नै आयोगलाई रिक्त हुने शिक्षकको विज्ञापनका लागि दरबन्दी विवरण पठाइसकेको विभागका सूचना अधिकारी समेत रहेका निर्देशक माधव दाहालले जानकारी दिए । उनका अनुसार शिक्षकको खुला विज्ञापन र आन्तरिक प्रतिस्पर्धा तथा बढुवाबाट पदपूर्ति गर्नका लागि २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको जिल्ला, विषय एवम् तहगत विवरण केन्द्रको निर्णय अनुसार अयोगलाई पठाएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

शिक्षक सेवा आयोगले विज्ञापन गर्नुपूर्व केन्द्रमा प्राप्त हुने संशोधित विवरण समेत समेत समावेश गरी विज्ञापन गर्ने व्यवस्था मिलाउन केन्द्रले आयोगलाई अनुरोध गरिसकेको केन्द्रका निर्देशक दाहालले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *