घर बाटै यसरी पत्ता लगाउन सकिन्छ ट्रायल दिने मिति

समाचार

लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमती पत्र (लाइसेन्सको) लिखित तथा ट्रायल परिक्षा सुचारु भएको छ । दोस्रो चरणको निषेधाज्ञाभन्दा अगाडि अनलाइन निवेदन दिएर बसेका आवदेन कर्ताहरु आफ्नो पालो कहिले आउँछ भनेर अन्योलमा रहेका छन् ।यसरी लामो समयसम्म बन्द रहेको कारण आवेदन कर्ताहरुको लिखित परिक्षा दिने मिति तय कहिले भएको छ भनेर हेर्न समस्या उत्पन्न भएको आवेदन कर्ताहरुको गुनासो रहेको छ ।

यातायात कार्यलयले उक्त कुराको जानकारी एसएमस मार्फत दिने भनिएता पनि हालसम्म हुन सकेको छैन । हाल, यातायात कार्यालयले आफ्नो वेवसाइटमार्फत उक्त कुराको जानकारी लिन सकिने बनाएको भएतापनि आवेदन कर्ताहरु माझ उक्त कुराको जानकारी पुग्न भने सकेको छैन ।कतिपय आवेदन कर्ताहरुको मिति लिखित परिक्षा दिने मिति नाघिसकेपछि मात्र जानकारी पाएको भन्दै यातायात कार्यालयमा आउने गरेका छन् ।

यसरी हेर्नुहोस् आफ्नो आवेदन दिने मिति:यदि तपाईँले निषेधाज्ञा पहिले नै अनलाइन आवेदन दिएर बस्नु भएको छ भने तपाईँले यातायात व्यवस्था विभागको वेवसाइटमा गएर आफ्नो सम्पुर्ण जानकारी लिन सक्नु हुन्छ ।त्यसका लागि www.dotm.gov.np लगइन गरेर तपाइले आफ्नो रेफरेन्स नम्वरको सहायताले आफ्नो लिखित परिक्षाको लागि राजश्व तिर्ने मिति पत्ता लगाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *