भ्वाइस कल सित्तैमा दिन्छौं,डाटाको मूल्य आधा घट्दै।अब मोबाइलमा इन्टरनेट चलाउने नसोचेको सस्तो हुँदै

समाचार

काठमाडौ । नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ ।लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमतिपत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ ।भारतमा सिम किनेपछि अल इण्डिया भ्याईस सित्तैमा, इन्टरनेटपनि सिमिततामा सित्तैमा छ । सिजीले नेपालमापनि त्यही गर्छौ भनिरहेका छन्।कम्पनीले स्सिताबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताए । उनले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:टिकटक बनाउनेको भीड बढेपछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पस हाताभित्र टिकटक बनाउन रोक लगाएको छ।क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी गर्दै टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधिको प्रयोग गर्न निषेध गरिएको बताएका छन्।टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने उनले जारी गरेको सूचनामा उल्लेख छ।त्यस्तै ओखलढुङ्गा / ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिनुभएको छ ।जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले प्रहरी कर्मचारी ड्यिुटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्नुपर्ने बताउनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *