जिपको ठक्करबाट घाइते दुई छात्राको मृ*त्यु

समाचार

बाग्चौरबाट खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका शिव जन मावि सितलपार्टीमा अध्ययनरत पाँच छात्रामध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षीया रेखा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली रहेका छन् ।
शुक्रबार बिहान १० बजेतिर जिपको ठक्करबाट शिव जन माविमा अध्ययनरत पाँच जना छात्रा शारदा नगरपालिका–६ का १८ वर्षीया मीना परियार, २० वर्षीया रेखा बुढाथोकी, १५ वर्षीया सुशिला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी, १८ वर्षीया सुनिता नेपाली गम्भीर घाइते भएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:नेपाल टेलिकमले भोलि शुक्रवारदेखि आउँदो २५ गतेसम्म ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम कार्ड दिने भएकाे छ ।संयुक्त राष्ट्र सङ्घको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप निःशुल्क सिम प्रदान गर्ने भएको हो ।सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरूलाई निःशुल्क रूपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *