खेतमा ब्रोकाउली टिपेको तलब १ करोड रुपैयाँ, दिनको ८ घण्टा काम,हप्तामा २ दिन विदा।काम गर्न चाहानेले एकचोटी अवश्य बुझ्नुहोला।

समाचार

काठमाडौं। खेतमा ब्रोकाउली टिप्ने मजदुरलाई १ करोड रुपैयाँ पारिश्रमिक दिने कुरा सुन्दा हामी अचम्ममा पर्छौं । तर, यो साँचो हो । दिनमा ८ घण्टा काम र हप्तामा २ दिन विदा लिएर समेत ब्रोकाउली टिप्ने मजदुरले वर्षमा १ करोड रुपैयाँ पारिश्रमिक पाउनेछन् । यो अफर बेलायतको एक कम्पनीले दिएको हो ।

बेलायती अखबार डेली एक्सप्रेसका अनुसार इङल्याण्डको लिंकनशायरको यो कम्पनीले कर्मचारीको अभाव भएपछि तरकारी टिप्ने मजदुरलाई मोटो रकम अफर गरेको हो । टिएच क्लेमेन्ट्स नामको यो कम्पनीले मजदुरहरुलाई प्रतिघण्टा ३० पाउण्ड अर्थात ४ हजार ८ सय नेपाली रुपैयाँ अफर गरेको छ ।

यस हिसाबले दिनमा ८ घण्टा काम गर्दा मजदुरले २४० पाउण्ड कमाउँछन् । हप्तामा २ दिन विदा लिएर ५ दिन मात्र काम गर्दा पनि उनीहरुले हप्तामा १२०० पाउण्ड कमाउँछन् । वर्षका कूल ५२ हप्ता काम गर्दा उनीहरुले ६२ हजार ४ सय पाउण्ड कमाउँछन् जुन नेपाली १ करोड रुपैयाँ बराबर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *