फेरि को-रोनाकाे खतरा बढेकाे भन्दै काठमाडौं बासिका लागि सरकारले यस्ता काम गर्न आजैवाट रोक लगायो(सूचना सहित)

समाचार

चाडपर्व नजिकिँदै गर्दा को-रोना बढ्ने त्रा`सका कारण काठमाडौं बासिका लागि सरकारले जारी गर्याे यस्ताे आदेश (आदेश सहित) । जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) बाट अनावश्यक भीडभाड तथा मानिसहरू भेला नगर्न/नहुन आदेश जारी गरेको छ ।

आजै राति १२ बजेदेखि लागु हुनेगरी जिल्ला प्रशासनले अनावश्यक रूपमा भीडभाड नगर्न, मेला—महोत्सव तथा जात्रा लगायत कार्यक्रम नगर्न आदेश जारी गरेको हो । ठूला चाडबाड नजिकिएकोले यसका कारण हुने भीडभाडबाट को- रोना संक्रमण पुनः बढ्न सक्ने भन्दै प्रशासनले त्यस्ता गतिविधिमा रोक लगाएको हो ।

चाडबाडका बेला स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी घरभित्रै भेला हुन तथा अनावश्यक रुपमा घर बाहिर भेला हुन नपाउने भनिएकाे छ ।साथै भीडभाड गर्न नहुने तथा सभा, जुलुस, मेला, महोत्सव र जात्रा गर्न नपाइने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले एक आदेश जारी गरेका छन् । हेर्नुहाेस् यस्ताे छ आदेश:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *