मेथीको साग सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अवश्य पढ्नुहोला,यस्तो बन्दै छ मेथी सेवन गर्नेहरुको शरीर

स्वास्थ्य

हिजोआज हरियो सागसब्जीले बजार भरिभराउ छ । रायोदेखि चम्सुर, पालुङ्गो लगायतका अनेकौ साग अहिले बजारभरी देख्न सकिन्छ । यस्ता सागसब्जी जति स्वादिलो हुन्छ, यसमा रहेको पौष्टिक तत्वले शरीरलाई त्यति नै पोषण प्रदान गर्छ । यहाँ हामी चर्चा गर्दैछौं मेथीको सागको बारेमा । यसले शरीरलाई अनेकौं समस्याबाट त्राण दिन्छ ।

जाडो याममा चिसोका कारण धेरैलाई कब्जियत, ग्यास्ट्रिक लगायत पेटसम्बन्धी समस्या हुने गर्छ । मेथीको हरियो साग खानाले पाचन तन्त्रले सुचारु रुपमा काम गर्छ र कब्जियत, ग्यास लगायतका समस्याबाट मुक्ति दिलाउँछ ।मेथीको साग खानाले जोर्नीको दुखाईसमेत कम हुन्छ । त्यसैले त, पहिले पहिलेका मानिसहरु जाडो सुरु हुनै लाग्दा मेथीको साग तथा भिजाएको मेथीलाई तारेर खाने गर्थे ।

अधिकांश बालबालिकामा पेटमा जुका वा किरा पर्ने आम समस्या हो । किरा परेमा पनि मेथीको सेवन प्रभावकारी मानिन्छ । मेथीको पत्तिलाई पिसेर त्यसबाट निकालिएको रसलाई प्रत्येक दिन सेवन गरेमा पेटको किराको समस्या कम हुने गर्छ ।मेथीले चिसो लाग्नबाट शरिरलाई जोगाउँछ । प्रत्येक दिन यसलाई कुनै न कुनै विधिबाट सेवन गर्नाले चिसो लाग्दैन । र, चिसोका कारण हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

मधुमेहका बिरामीका लागि पनि मेथी निकै फाइदाजनक मानिन्छ । प्रत्येक दिन मेथीको पत्ताको रस निकालेर पिएर यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।अनुहारको सुन्दरता बढाउन पनि मेथी निकै लाभदायक मानिन्छ । मेथीलाई पिसेर लगाउनाले अनुहार चमकदार र कसिलो हुन्छ । साथै, यसले छाला नरम बनाउने हुँदा सुख्खा छाला भएका व्यक्तिहरुका लागि पनि मेथी निकै उपयोगी मानिन्छ ।

मेेथीको पत्तामा प्याज हालेर खाएमा उच्च रक्तचापको समस्या कम हुने गर्छ भने न्यून रक्तचाप भएका व्यक्तिका लागि मेथी मिसाइएको तरकारी निकै लाभदायक मानिन्छ ।नियमित रुपमा मेथीको सेवनले मुटुसम्बन्धी समस्या कम गर्न मद्दत गर्छ । यसले हृदयघातको सम्भावनालाई न्यून बनाई शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ ।

नियमित रुपमा मेथीको सेवनले तौल नियन्त्रित गर्न समेत मद्दत गर्छ । र, शरीरमा जमेको बोसो क्रमिक रुपमा कम हुँदै जान्छ ।बारम्बार पिसाब लागेमा मेथीको पत्ताको रसलाई नियमित रुपमा सेवन गरेमा यो समस्या तुरुन्तै कम हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *